काठमाडौं । आज मंगलबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादली छ । साथै बाँकी प्रदेशहरूमा आंशिक बादली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो भने कोशी र बाँकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। साथै तराई भू-भागमा भने आंशिक बादल लाग्ने भएको हो। कोशी, बागमती, गण्डकी र बाँकी हिमाली तथा पहाडी तराई भू-भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्ने छ। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
