काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईई २०८२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक
एसईई नतिजामा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
शिक्षा सचिव चुडामणि पौडेलका अनुसार यसपालि अघिल्लो वर्षभन्दा ४.१७ प्रतिशतले नतिजामा सुधार आएको हो । गत वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
चैत २९ गते सकिएको एसईईमा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएका थिए । जसमा २ लाख ५७ हजार ६ सय १३ जना छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
नतिजा हेर्न webside भिजिट गर्नुहोस्
https://see.ntc.net.np
https://see.ntc.net.np/results/grade
