काठमाडौं । सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। आज शुक्रबार काठमाडौंमा एक कार्यक्रमका विच श्रम संस्कृति पार्टीले किराँतीलाई स्वागत गरेको छ।
तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट बाहिरिएर प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदका सदस्य रहेका किराँतीले केही अघि मात्रै पार्टी छाडेका थिए।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता किराँतीले आफूले नेकपा माओवादी केन्द्र त्याग्नुको मुख्य कारण आन्तरिक लोकतन्त्रको अभाव र नेतृत्वको कार्यशैली रहेको स्पष्ट पारे।
