दाङ । घोराही उपमहानगरपालिका–१५, काठेकोहलस्थित सरस्वती माध्यामिक विद्यालयमा अध्ययनरत २६ जना छात्रालाई निःशुल्क साइकल वितरण गरिएको छ ।
रण–अम्बिका शाह सेवा गुठी नेपाल र तारा ओरेन्टल संस्थाको सहयोगमा टाढा घर भएका छात्रालाई पढ्नका लागि विद्यालय आउन सहजताका लागि जेन्टा क्लब काठमाडौँ, सरस्वती माध्यामिक विद्यालय काठेकोहलमा कक्षा ६ देखि ९ कक्षामा अध्ययनरत छात्रा विद्यार्थीलाई निःशुल्क साइकल वितरण गरिएको हो ।
