काठमाडौँ । शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई प्रहरीले आज आइतबार अदालत उपस्थित गराइदैछ ।
शनिबार अदालत बिदा हुने भएकाले उनीहरूलाई प्रहरीले आइतबार अदालतमा उपस्थित गराउन लागेको हो ।
ओली पक्राउ पछि अस्पतालमा भर्ना भएका छन् र लेखकलाई २ नम्बर गण महाराजगन्जमा राखिएको छ ।
