Indrenionline.com

नवनिर्वाचित सांसदको शपथ आज

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको चुनावबाट नवनिर्वाचित सांसदको शपथ ग्रहण आज हुँदैछ । ज्येष्ठ ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधि सभाका नवनिर्वाचित २७४ जना सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराउँदै छन्।

उनले सभाको ज्येष्ठ सदस्यको हैसियतमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गरे। आज बिहीबार दिउँसो २ बजे निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष, सिंहदरबारमा शपथ ग्रहण हुदैछ ।