काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज पद तथा गोपनीयताको शपथ लिदैछन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११ः१५ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउदैछन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य छन्।
नेपाली कांग्रेसका सांसद केसी समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित भएका हुन्। ज्येष्ठ सदस्य केसीले भोलि बिहीबार प्रतिनिधिसभामा निर्वाचित अन्य सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ।
