Indrenionline.com

स्वतन्त्र सांसद महावीर पुनले कति गरे चुनावमा खर्च ?

काठमाडौं । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च विवरण बुझाएका छन्। जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा बुझाएको खर्च विवरणमा उनले २८ लाख ६८ हजार ८६८ रूपैयाँ खर्च गरेको उल्लेख छ ।

पुनले मनोनयन दर्तामा १० हजार, मतदाता नामावली खरिद ३ हजार, प्रचारप्रसार सामग्री खरिद २ लाख ९० हजार ५७५, यातायाता र मर्मत खर्च ६ लाख ६० हजार ९९८, चालक ज्याला १ लाख ४० हजार, होटल बास र खाना खर्च १३ लाख ७ हजार ६१९, डिजेल खर्च ३ लाख ६० हजार ४९९, स्टेशनरी २५ हजार ३०० र विविधमा ७० हजार ८७७ रूपैयाँ खर्च भएको उल्लेख छ।