Indrenionline.com

दाङका एक सय ३० दम्पतिले संयुक्त लालपुर्जा बनाए

दाङ, १९ साउन ।
दाङमा अहिले सम्म एक सय ३० दम्पतिले संयुक्त लालपुर्जा बनाएका छन् । सम्पत्ती माथी दम्पतीको समान अधिकार लागु भए देखी अहिले सम्म दाङका ३० दम्पतिले संयुक्त लालपुर्जा बनाएको बताईको छ । आज घोराहीमा आयोजित भुमिमा महिला अधिकारको शुनिश्चितताको लागि संयुक्त लालपुर्जा बिषयक सम्बाद कार्यक्रममा यस्तो जानकारी दिईएको हो ।

सम्बाद कार्यक्रममा बोल्ने बक्ताहरुले लैंगिक समानतामा पनि संयुक्त लालपुर्जाको भुमिका महत्वपुर्ण भएको बताएका थिए । जिल्ला भुमि अधिकार मञ्च दाङ सहित बिभिन्न १५ वटा गैरसरकारी संस्थाहरुको आयोजनामा भएको कार्यक्रममा बोल्दै बक्ताहरुले संयुक्त लालपुर्जाको ब्यबस्थाले महिलामा सम्पत्तीको पहुँच र स्वामित्व बढाएकाले समान अधिकारको स्थापित भएको बताएका थिए ।

महिलाहरुको नाममा सम्पत्ती नहुदा हिंसामा पर्ने, दुख्ख पाउने, श्रीमानले सम्पत्तीमा मनपरि गर्ने जस्ता समस्याहरु हुदै आएको भन्दै संयुक्ति लालपुर्जाको ब्यबस्थाले एकल नाममा हुने मनपरि रोकिने र सम्पत्तीमा दम्पतीको समान अधिकार हुने भनाई महिला अधिकारकर्मीहरुको थियो । मञ्चका अध्यक्ष निर्मला बिकको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

यस्तै नेपालका ३७ जिल्लामा ४ हजार एक सय ४२ जना दम्पतीले एक हजार ४ सय ५ हेक्टर जमिनमा संयुक्त लालपूर्जा बनाएको सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका अभियान अधिकृत सुभराज चौधरीले जानकारी दिनुभयो । एकल नाममा हुदै आएको लालपूर्जा श्रीमान श्रीमति दुबैको नाममा सम्पत्ती हुने भएपछि अपनत्वमा समानता आएको कार्यक्रममा सुनिता चौधरीले बताउनुभयो । श्रीमान श्रीमतिको नाममा सम्पत्ती भएपछि सरसल्लाह हुने र संरक्षणमा पनि राम्रो भएको चौधरीले बताउनुभयो ।।