दाङ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रत्यक्षतर्फको नतिजा आइरहेको छ । निर्वाचन नतिजाअनुसार सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२५ सिट जितेको छ ।
त्यसैगरी नेपाली कांग्रेसले १८ सिट, नेकपा एमालेले ९ सिट, नेपाली कम्यूनिष्ट पार्टीले ७ सिट, श्रम संस्कृति पार्टीले ३ सिट, राप्रपाले १ सिट र स्वतन्त्र उम्मेदवारले एक सिट जितेका छन् ।
समानुपातिक तर्फको भने मत गणन भइरहको छ । आज साझाँसम्म समानुपातिकको पनि गणन सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ ।
