Indrenionline.com

ऋषि धमलालाई ६५५ मत

रौतहट। पत्रकारिता छोडेर सांसद बन्नका लागि रौतहट ४ मा निर्वाचन लड्न गएका ऋषि धमला नराम्रोसँग पछारिएका छन् । उनलाई त्यहाँबाट जम्मा ६५५ मत मात्रै प्राप्त गरेका छन् ।

रौतहट ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पौडेल निर्वाचित भएका छन् । पौडेलले ३६ हजार ८७६ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका देवप्रसाद तिमल्सिनाले १५ हजार ८६५ मत ल्याए ।

धमता आम जनाता पार्टीको समानुपातिक उम्मेदवारको सूचीको १ नम्बरमा आफ्नी श्रीमतीलाई राखेर रौतहट ४ मा चुनाव लड्न गएका थिए ।