Indrenionline.com

चितवन-३ मा रेनु भन्दा सोविता अगाडी

चितवन । चितवनको निर्वाचन क्षेत्र नं. ३ को प्रारम्भिक मतगणनाको परिणम अनुसार नेकपाकी रेनु दाहाल भन्दा रास्वपाकी उम्मेदवार सोविता गौतमको अग्रता छ ।

माडी नगरपालिका–५, ६ र ९ नम्बर वडाको मतगणना हुँदा रास्वपाकी गौतमले ९२५ मत प्राप्त गरेकी छन् भने रेनु दाहालले ६७९ मत प्राप्त गरेकी छन् ।

त्यस्तै, नेकपा एमालेका शंकरराज थपलियाले २०२ मत, कांग्रेसका उम्मेदवार टेकप्रसाद गुरुङले ११९ मत र राप्रपाका दिपक थापाले २२ मत प्राप्त गरेका छन् ।