Indrenionline.com

प्रतिनिधि सभा निर्वाचनको मतदान आज

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको लागि आज मतदान हुँदैछ । देशका १६५ वटै निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । जसका लागि आज बिहान ७ बजेदेखि ५ बजेसम्मलाई समय तालिका तोकिएको छ । निर्वाचनमा प्रत्यक्षतर्फ १६५ सिटका लागि तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यस्तै समानुपातिक तर्फको ११० सिटका लागि एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् ।