Indrenionline.com

धादिङको बेनिघाटबाट यात्रुवाहक बस त्रिशुली नदीमा खस्दा १७ जनाको मृत्यु, २८ जना घाइते

काठमाडौँ । पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङको बेनिघाट नजिकैबाट त्रिशुली नदीमा खस्दा १७ जनाको मृत्यु भने २८ घाइते भएका छन् । सोमबार बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो ।

दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । मृतक सबैको सनाखत हुन बाँकी छ । घाइते २४ जनालाई उद्दार गरेर विभिन्न अस्पताल लगिएको छ । दुर्घटनाको कारण खुलेको छैन । घटनास्थलमा तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ ।

घाइतेको नामावली