Indrenionline.com

रविले भने-“संसदबाट निकाल्यौ, अब जनताबाट निकालेर दखाऊ”

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले आफूलाई छलछाम गरेर निकालेको तर अब जनताबाट निकालेर देखाउन चुनौती दिए ।

घोराहीमा आज आयोजित लुम्बिनी प्रदेश चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले आफूलाई संसदबाट निकाल्ने योजनाकार दाङमै रहेको भन्दै उनले यस्तो चुनौती दिएका हुन् । “ससदबाट छलछाम गरेर निकाल्यौ, अब जनताको मनबाट निकालेर देखाऊ, संसदबाट निकाल्नेहरु यही दाङमै छन् उनीहरुले सुन्नेगरी भन्न चाहान्छु”, रविले भने ।

सभालाई सम्बोधन गर्दै उनले अन्य दलहरुलाई प्रतिपक्षमा बसेर खबरदारी गर्न आग्रह गर्दै यसपटक जनताले आफूहरुलाई जिताउने निर्णय गरिसकेको बताए । उनले अहिले कुनै पार्टीप्रति भन्दा देशप्रति निष्ठा देखाउनुपर्ने बेला आएकाले भन्दै मुलुक बदल्नका लागि मत दिनुपर्ने बताए ।