इन्द्रेणी संवाददाता
घोराही, ६ बैशाख
एकीकृत नेकपा माओबादीका प्रबक्ता दिनानाथ शर्माले मधेसी र जनजातीका मागलाई सम्बोधन गरीए मात्रै संबिधान कार्यान्वयनमा सहज वातावरण वन्ने बताउनुभएको छ । संविधान र सिमांकनका बिषयमा असन्तुष्टि जनाउदै आएका पक्षहरुको मागलाई सके जति सम्बोधन गरि संबिधान कार्यान्वयन तर्फ लाग्नु पर्ने प्रबक्ता शर्माको भनाई छ ।

मधेसीहरुको मागलाई सम्बोधन नगरी स्थानिय निकायको निर्बाचन असम्भब रहेको उहाँको धारणा छ । पार्टीको स्थायी समितिका सदस्य समेत रहेका शर्माले बर्तमान सरकारको काम कार्वाही प्रति असन्तुष्टि जनाउनुभएको छ । सरकारको कामलाई कछुवाको गतिको संज्ञा दिदै शर्माले यही अबस्था रहिरहे सरकारमा नबस्ने समेत चेतावनी दिनुभयो ।।