Indrenionline.com

आज ७६ औँ राष्ट्रिय प्रजातन्त्र दिवस

काठमाडौं । आज फागुन ७ गते अर्थात ७६ औँ राष्ट्रिय प्रजातन्त्र दिवस । यो दिवस विभिन्न ठाउँमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

विषेश गरी प्रजातन्त्र दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा कार्यक्रमको आयोजना गरी मनाइदैछ । बिहान हुन लागेको सो कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुदैछन् ।

प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ। सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ।

नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ।