काठमाडौँ । प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव ऋषि कट्टेललाई पक्राउ गरेको छ। निर्वाचनविरोधी गतिविधि गरेकाले आरोपमा उनलाई आज पक्राउ गरिएको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार कट्टेललाई कीर्तिपुरबाट पक्राउ गरिएको हो । उनीसहित अहिलेसम्म ४ जनालाई पक्राउ गरिएको प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिएका छन् ।
यसअघि नेकपा बहुमतका महासिचव धर्मेन्द्र बास्तोला र नेता विष्णुप्रसाद तिमिल्सिना तथा दुर्गा प्रसाईं समूहका एसपी साहलाई पक्राउ गरिए छ ।
