काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने मंगलबार काठमाडौं जिल्ला अदालतमा तारेख बुझेर सोझै बत्तिसपुतलीस्थित होटल द्वारिका पुगे ।
त्यहाँ रवि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्न गएका हुन् ।
रवि भारतीय राजदूतसँग भेटेर साढे ५ बजे बाहिरिएका थिए। फागुन २१ गतेको निर्वाचन नजिकिँदै गएको अवस्थामा राजदूत श्रीवास्तवसँगको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।
लामिछानेमाथि अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण तथा संगठित ठगीको मुद्दा फिर्ता लिने सरकारको प्रयास असफल भएको छ । राजदूतसँगको भेटपछि लामिछाने आज हुने आमसभाका लागि त्रिभुवन विमानस्थल हुँदै धनगढी गएका थिए।
