काठमाडौं । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार खुल्ला गरिएको छ । निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म औपचारिक रुपमा प्रचार–प्रसार खुल्ला गरेको हो ।
मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार, आजदेखि यही फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्ने छन्। योसँगै आयोगले प्रचार प्रसारका क्रममा उम्मेदवारले के-के गर्न पाइने के गर्न नपाइने भन्ने विषयमा ६४ बुँदे निर्देशन समेत दिएको छ ।
यस्ता छन् ६४ बुँदे निर्देशन : हेर्नलाई यहाँ क्लिक गर्नुहोस्
