उदय बीसी
दाङ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न सूचकलाई मूल्याङ्कनको आधार मानेर मूल्याङ्कन गरिएको आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्याङ्कनको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजाअनुसार दाङका सबैभन्दा बढी राप्ती गाउँपालिकाले प्राप्त गरेको छ । राप्ती गाउँपालिकाले ७७ दशमलव ४६ अंक प्राप्त गरेको छ । ७७ दशमलव ४६ अंक प्राप्तसँगै राप्ती गाउँपालिका जिल्लाकै उत्कृट गाउँपालिकामा परेको छ ।
त्यसैगरी शान्ति नगरगाउँपालिका दोस्रो स्थानमा रहेको छ । शान्तिनगरले ६९ दशमलव ८४ अंक प्रात्त गरेको छ । त्यस्तै लमही नगरपालिका ६४ दशमलव १८ अंक प्राप्त गरेर तेस्रो स्थानमा छ ।
आयोगको आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्याङ्कनको नतिजामा दाङको सबैभन्दा कमजोर गाउँपालिका राजपुर देखिएको छ । आयोगले विभिन्न १७ वटा सूचकलाई आधार मानेर प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्दछ ।
स्रोत : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
