काठमाण्डौ, १९ साउन
वन मन्त्रालयले रौतहटका प्रमुख वन अधिकृतसहित ६ जना कर्मचारीलाई काजमा फिर्ता बोलाएको छ ।
यस्तै, जमदार ग्यासुदिन देवान, राजदेव कुसवाह र वनरक्षक वीरेन्द्र तिवारीलाई पनि वन विभागमा हाजिर हुन काज सरुवा भएको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ ।
त्यसक्षेत्रमा वन फडानी भएको समाचार सार्वजनिक भएपछि वन मन्त्रालयले गठन गरेको छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा उनीहरुलाई काज सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।।