रामेछाप । काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख। ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका–६, मसानटारस्थित सडकबाट करिब एक सय मिटर तल तामाकोशी नदीमा खसेको थियो।
बस दुर्घटनामा ज्यान गुमाउनको संख्या १२ जना पुगेको छ । दुर्घटनामा बसका चालकसहित ८ जना घाइते छन् ।
रामेछापका प्रहरी नायब उपरीक्षक भोला भट्टले घाइतेको खुर्कोटस्थित शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भइरहेको छ । बसका बाँकी यात्रुको अझै खोजतलाश जारी रहेको प्रहरीले जनाएको छ ।
