दाङ, १९ साउन
दाङकी एक किशोरीलाई भारततर्फ लैजाँदै गरेको दुई दलाललाइ प्र्हरीले पक्राउ गरेको छ । डाक्टरसँग बिहे गराइदिने भन्दै दाङकी एक किशोरीलाई भारत लाँदै गरेको अवस्थामा ति २ दलालहरुलाई कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले पक्राउ गरेको छ ।
किशोरीलाई प्रलोभनमा पारेर बेच्न लागेको आरोपमा पक्राउ पर्नेमा दाङ घर भएकी ३४ बर्षीया मीना घोराली र भारत बलरामपुरका ५८ बर्षका जफर अहमद सिद्धिकी छन् ।डाक्टरसँग विवाह गर्दा सुखसँग बस्न पाइने भन्दै बिभिन्न आश्वासनमा पारेर मीनाले आशालाई कृष्णनगरको बोर्डर कटाउदै गर्दा शंका लागेर सोधपुछ गर्दा रहस्य खुलेको हो । पीडित किशोरी हाल के.आई. नेपाल कृष्णनगरको आपतकालीन गृहमा छिन् ।।