Indrenionline.com

हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिर जमानीमा छुटेका छन् ।

उनीमाथि निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले प्रसाईंलाई गत शुक्रबार चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको थियो। गत माघ ५ गते पोखराबाट पक्राउ परेका उनलाई भोलिपल्ट माघ ६ गते हाजिर जमानीमा रिहा गरिएको थियो।