काठमाडौँ । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलास अन्तिम फैसलामा व्याख्या हुने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराएका चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो । उम्मेदवारी खारेज गरेपछि चौधरी सर्वोच्च अदालत पुगेका थिए ।
