Indrenionline.com

रुकुममा लडेर युवकको मृत्यु

रुकुम । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका –१० मा लडेर एक पुरुषको मृत्यु भएको छ । टोट्टेगाउँ निवासी ४८ वर्षीय विनोद ओलीले मृत्यु भएको हो ।

मंगलबार दिउँसो गाउँबाट घरतर्फ फर्कने क्रममा ओली बाटोबाट करिब १० मिटर तल खसेर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेको कारण सडकबाट लडेको र शरीरका विभिन्न भागमा चोट लागेको र उपचारका लागि ओलीलाई जिल्ला अस्पताल सल्लेमा ल्याइएको थियो । उपचारको क्रममा गएराति उनको मृत्यु भएको बताइएको छ ।