Indrenionline.com

राष्ट्रिय सभा सदस्यको चुनाव आज

काठमाडौं । राष्ट्रिय सभाका १८ जना सदस्यका लागि आज मतदान हुँदैछ । बिहान ९ बजेदेखि मतदान शुरु हुने निर्वाचन आयोगले जनाएको छ । मतदान दिउँसो ३ बजेसम्म हुनेछ । राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आउँदो फागुन २० मा सकिँदैछ ।

उनीहरूमध्ये राष्ट्रपतिबाट मनोनित हुने एक बाहेक १८ पदमा चुनाव हुन लागेको हो । १८ मध्ये कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेकाले आज १७ पदका लागि चुनाव हुँदैछ । सातवटै प्रदेशका मतदान केन्द्रमा मतदान छन् ।

राष्ट्रिय सभा सदस्यको चुनावमा प्रदेश सभा सदस्य र पालिकाका मेयर, उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन् । १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् ।