काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै ठाउँहरुमा तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँहरुमा मध्यम हिमपात र वर्षा भएको छ ।
त्यस्तै कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई ठाउँमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी भेगका केही ठाउँमा हल्का वर्षा र हिमपात भइरहेको छ । गण्डकीदेखि पश्चिमका केही ठाउँमा हिजो बेलुकीदेखि हल्का वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।
गएको भदौदेखि पानी नपरेको हुम्लामा वर्षासँगै यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेको छ । निकै लामो समय हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थालेपछि खुशी भएका छन् । हिमपातले नाम्खा गाउँपालिका र त्यहाँबाट हिल्सा जाने बाटो पूर्णरूपमा बन्द भएको छन् ।
