काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र क्षतिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दोस्रो पटक आयोगको म्याद थप गरेको हो।
जेनजी आन्दोलनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
भोलि शुक्रबारसम्म म्याद रहेकोमा आयोगले प्रतिवेदन लेखनको काम नसकिएको भन्दै एक महिना म्याद थपको प्रस्ताव अघि बढाएको थियो। गत ९ असोजमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको आयोगलाई सुरुमा तीन महिनाको समय दिइएकोमा एक महिना थप भएको थियो।
