काठमाडौं । निर्वाचन अधिकृतको कार्यालयले रेशम चौधरीको मनोनयन खारेज भएको छ। उनले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका थिए ।
चौधरीको उम्मेदवारी खारेज गरेको मौखिक जानकारी निर्वाचन आयोगलाई दिएको स्रोतले जनाएको छ । चौधरी २०७२ सालमा भएको कैलाली टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन्। उनी राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएका थिए ।
