काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीस्वरुप पदबाट राजीनामा दिएका हुन् ।
उनले आज प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिएका हुन् । खरेलले रास्वपाबाट ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने तयारी गरेका छन् ।
