Indrenionline.com

नाउरीघाटमा जीप दुर्घटना हुदा दुई जनाको मृत्यु

जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका ८ घोगीदेखि थलह जाने क्रममा नाउरीघाट भन्ने स्थानमा कर्णाली प्रदेश ०२–००१ च १३२७ नम्बरको जिप दुर्घटना हुदा दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा परी ७० वर्षीया नन्दकला अधिकारी र २८ वर्षीय राजु अधिकारी रहेका जाजरकोटका प्रहरी प्रमुख वसन्तकुमार शर्माले जानकारी दिएका छन् ।

जीपमा चालकसहित पाँच जना यात्रु सवार रहेकोमा अन्य दुई जना यात्रु र चालक घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते कृष्ण अधिकारी, लक्ष्मी खत्री, बीरबहादुर रोकाय र शीतला रावतको छेडागाड नगर अस्पतालमा उपचार भइरहेको छ । जीप ब्रेक फेल भएको बताइएपनि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।