Indrenionline.com

रहवर अन्सारीले छाडे नेपाली कम्युनिस्ट पार्टी

काठमाडौँ । मधेशको राजनीतिमा राम्रो पकड जमाएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा मधेश प्रदेशसभा सदस्य रहवर अन्सारीले पार्टी परित्याग गरेका छन् ।

बिहीबार नेकपा संयोजक पुष्पकमल दाहाललाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् । पार्टी नेतृत्वको कार्यशैली र दिशाहीन सम्झौताप्रति असन्तुष्टि जनाउँदै अन्सारीले पार्टी परित्या गरेको जनाएका छन् ।

साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेकाले यो विरोधाभासको हिस्सा आफू बन्न नसक्ने उनले राजीनामापत्रमा उल्लेख गरेका छन् । अन्सारी मधेशको राजनीतिमा राम्रो पकड भएका व्यक्ति हुने भने उनी प्रष्ट वक्ताको रुपमा पनि त्यहाँ परिचित छन् ।  उनले माओवादीबाट प्रदेश सांसद जितेका हुन् ।