Indrenionline.com

राष्ट्रिय सभा चुनाव : लम्बिनीमा कांग्रेस–एमाले गठबन्धन, नेकपा र राजमोको उम्मेदवारी

दाङ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको लागि आज दलहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

लुम्बिनी प्रदेशमा तीन सिटमा निर्वाचन हुँदैछ । जसका लागि कांग्रेस–एमाले गठबन्धनबाट रामकुमारी झाँक्री, चन्द्र बहादुर केसी र वासुदेव घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीले बृहस्पति अधिकारी, सर्जन विक र दुर्गा भण्डारीलाई उम्मेदवारी दर्ता गराएका छन् ।राष्ट्रिय जनमोर्चाले बमबहादुर खत्री र पद्मा पण्डितलाई उम्मेदवार बनाएको छ ।

लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रिय सभा सदस्यहरू गोपाल भट्टराई, जगप्रसाद शर्मा र हाल राष्ट्रिय सभाको उपाध्यक्ष रहेकी विमला घिमिरेको पदावधि फागुन २० मा सकिदैछ ।