Indrenionline.com

राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारी दर्ता

काठमाडौँ । माघ ११ गते तोकिएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज बुधबार देशभर उम्मेदवारको मनोनयन हुदैछ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।

भोलि बिहीबार उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवंउपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन् ।