दाङ। आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । घोराही उपमहानगरपालिका –१५ स्थित प्रदेश निर्वाचन कार्यालयको भवनमा निर्वाचत अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
दाङको जिल्ला न्यायाधीश एवं निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितको अध्यक्षतामा बुधबार घोराहीमा भएको कार्यक्रममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो । राष्ट्रियसभामा सदस्यका लागि लुम्बिनी प्रदेशबाट एकजना अपाङ्ग, एक जना महिला र एक जना अन्य गरी तीन जनाको पद रिक्त हुँदैछ । रिक्त हुने तीन पदमा आगामी माघ ११ गते लुम्बिनी प्रदेशको घोराहीमा निर्वाचन हुँदैछ ।
