Indrenionline.com

दाङमा चोरीको ६५ लाख रकमसहित युवक पक्राउ

दाङ । दाङमा एक युवक चारी गरेको ६५ लाख १७ हजार रकमसहित पक्राउ परेका छन् ।  इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले तुलसीपुर उपमहनगरपालिका–६ गोलौराका २४ वर्षीय दुर्गाबहादुर केसीलाई चोरीको रकमसहित पक्राउ गरेको हो ।

केसीको घरमा खोजतलासी गर्दा स्रोत नखुलेको उक्त रकम बरामद गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुली बताए । सिसिटिभी फुटेज कैदका आधारमा उनको घरमा खोजतलासी गर्दा उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् ।

काठमाडौँको विशालनगरमा रहेको डिसहोम फाइबरनेटका सञ्चालकको घरबाट चोरी गरिरहेको सिसिटिभी फुटेज प्रहरीलाई प्राप्त भएपछि प्रहरीले निजको घर यकिन गरी रातभर निगरानी गरेको थियो । पक्राउ परेका केसीमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।