Indrenionline.com

रवि र बालेनबीच सात बुँदे सहमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबिच सात बुँदे सहमति भएको छ । शनिबार बेलुकादेखि बसेको दुई पक्षबीचको बैठकपछि बिहान ४ बजे सहमतिमा हस्ताक्षर भएको हो।

सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधि सभाको निर्वाचनपछि बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सार्नेछ। पार्टीको नाम, चुनाव चिह्न र झण्डा भने राष्ट्रिय स्वतन्त्र पार्टीकै हुने भएको छ। पार्टीको सभापति रवि लामिछाने नै हुनेछन्।