Indrenionline.com

निर्वाचनमा जान तीनै दलका शीर्ष नेता तयार

काठमाडौँ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने प्रतिवद्धता जनाएका छन् ।

शनिवार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा तीन शीर्ष नेताहरुले चुनावमा जान तयार रहेको जनाएका हुन् । बैठकपछि कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने, “सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौं । कांग्रेस पनि तयार छ । एमाले पनि तयार छ । अरु दल पनि तयार छन् । सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ ।”

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पनि छलफलका क्रममा निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तर सरकारले सुरक्षाको वातावरण बनाउनुपर्ने नेताहरुको भनाइ छ ।

बैठकमा प्रधानमन्त्री कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलसँग आग्रह गरेकी थिइन् ।