काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो उस्तैछ । बाक्लो हुस्सु र कुहिरोका कारण चिसो बढेको छ ।
पछिल्लो एक हप्तायता तराईका धेरै ठाउँमा हुस्सु र कुहिरोले छपक्कै ढाकेको छ । बाँके, वर्दिया, कैलाली कञ्चलनपुर दाङ, कपिलवस्तुलगायतका जिल्लामा केही दिनदेखि अत्यधिक चिसो बढेको छ ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई क्षेत्रमा दिउँसोसम्म नै हुस्सु लाग्ने गरेको छ । चिसोका कारण बाँके, कपिलवस्तुका केही विद्यालय समेत बन्द गरिएको छ । चिसोमा कामै परे मात्रै घरवाहिर निस्कन र न्यायो कपडा लगाउनुका साथै तातो झोलिलो पदार्थ खान स्वास्थ्यकर्मीहरुले सुझाएका छन् ।
