Indrenionline.com

संसद ब्यूँताउन हस्ताक्षर गर्ने कांग्रेस संसदको संख्या ६५ पुग्यो

काठमाडौँ । विघटित प्रतिनिधिसभामा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसका ६५ संसदहरुले हस्ताक्षर गरेका छन् ।
कांग्रेसको विघटित प्रतिनिधिसभाकी सचेतक सुशीला थिङले शीर्ष तहका नेता बाहेकका ६५ सांसदले पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेको जानकारी दिकी छन् ।

तर सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, इतर समूहका नेता डा. शेखर कोइरालासहितका नेताले भने हस्ताक्षर गरेका छैनन् ।
यसअघि नेकपा एमालेका सबै संसदले संसद पुर्नस्थापनाका लागि भन्दै हस्ताक्षरसहित सर्वाेच्च गएका थिए । कांग्रेसका ६५ सांसदले हस्ताक्षर गरेपछि पुर्नस्थापनाका लागि वहुमत संसदको संख्या पुगेको छ । २७५ जना मध्ये बहुमत पुग्नका लागि १३८ चाहिन्छ ।

निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहित सचेतक थिङ, सांसदहरू दीपक खड्का, जाबेदा खातुन जागा, आशा बिक, सिता राना, शान्ति बिक र नागिना यादवले रिट दर्ता गरेका हुन् । त्यही रिटमा पूरक बनाएर सोमबार बहुमत सदस्य सर्वोच्चमा जाने तयारीमा रहेको थिङले जानकारी दिएकी छन् ।