Indrenionline.com

भन्सार छलि गरेर ल्याएका पौने दुई लाख बढीको सामान बरामद्

इन्द्रेणी संवाददाता
दाङ । दाङमा प्रहरीले भन्सार छलेर ल्याएका करिव पौने दुई लाख बढीका सामनहरु नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिसहनिया दाङबाट खटिएको टोलीले भालुबाङबाट तुलगसीपुरतर्फ आउँदै गरेको सवारी साधनमा चेक जाँच गर्दा लुकाइछिपाइ लैजादै गरिएका विभिन्न कपडाहरु नियन्त्रणमा लिएको हो ।

जसअनुसार सेण्डो ५०० थान अन्दाजी मूल्य ६७ हजा १२० रुपैयाँ बराबरको र अण्डरवेर १,००० थान अन्दाजी मूल्य १ लाख १२ हजारको नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सो सामानको बिलबिजक केही फेला नपरेको बताइएको छ । बरामद सामान कारवाहीको लागि भन्सार कार्यालय कृष्णनगर कपिलबस्तु पठाइएको प्रहरीले जनाएको छ।