Indrenionline.com

धोबीखोलामा युवकको शव

काठमाडौं । काठमाडौंको धोबीखोलामा एक युवकको शव फेला परेको छ।

अन्दाजी २५ वर्षका जस्ता देखिने युवकको भने पहिचान खुलेको छैन। मदनभण्डारी कलेज नजिकै रहेको धोबीखोलमा आज बिहान युवकको शव फेला परेको हो ।

साइकलसहित ती युवक खोलामा डुबेको अवस्थामा मृत फेला परेका हुन् । प्रहरीले अनुसन्धान अघि बढाएको छ ।