काठमाडौं १९ साउन । अवकाश लिनु एक दिनअघि शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले पत्र लेखेर हटाएका साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई शिक्षा मन्त्रालयले फेरी नियुक्ति गरेको छ । सचिव पण्डितले पुनरावेदन अदालत पाटनको निर्देशन भन्दै साउन ५ मा महाप्रबन्धक शर्मालाई जिम्मेवारीबाट मुक्त गरेको पत्र पठाउनुभएको थियो ।