इन्द्रेणी संवाददाता
दाङ, ५ बैशाख
दाङमा आज भएका ३ छुट्टाछुटटै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २ जना गम्भिर घाइते भएका छन । दाङवाट रोल्पा जाँदै गरेको रा १ त १४२७ नम्वरको ट्याक्टरले रा १ प ५२१८ नम्वरको मोटरसाईकललाई घोराही नगरपालिका ७ बाँसवोटमा ठक्कर दिँदा मोटरसाईकल चालक सैघा १ का ३७ वर्षीय नरवहादुर गिरीको मृत्यु भएको छ ।
तुलसीपुरबाट घोराही तर्फ आउदै गरेको अनटेष्ट मोटरसाईकल तिब्र गतिका कारण अनियन्त्रीत भएर बेलझुण्डिमा बिद्युतको पोलमा ठोकीदा बस्नेतको मृत्युभएको हो । सोही मोटरसाईकलमा सवार सोही ठाँउका २२ बर्षिय प्रबिण जिसी गम्भिर घाईते भएको र अञ्चल अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
यसैगरी पश्चिम बाघमारेबाट तुलसीपुर आउदै गरेको जिपको ढोकाबाट खसेर शान्तिनगरको जुम्लेकुलामा एक जनाको मृत्युभएको छ । बाघमारेबाट तुलसीपुर आउदै गरेको रा १ ज ३८६ नम्बरको जिपबाट शान्तिनगर ९ जुम्लेकुलामा ढोकाबाट खस्दा सोही ठाउँका २० बर्षिय गणेश गौतमको मृत्युभएको छ । टाउकोमा गम्भिर चोट लागेका गौतमको उपचारका लागि तुलसीपुर ल्याउने क्रममा बाटो मै मृत्युभएको हो ।।