दाङ । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा जिल्लाका जिल्ला अदालत, जिल्ला ट्राफिक कार्यालय, विभिन्न प्रहरी पोष्टहरुमा तोडफोड, आगजनी र लुटपाट गर्नेहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले नियन्त्रणमा लिएको छ ।
त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङमा ढुङ्गामुढा, तोडफोड, आगजनी, लुटपाट तथा चोरी गरेको आरोपमा घोराही १५ मिलनचोक बस्ने वर्ष १८ का हैदर अली, सोही ठाउँ बस्ने वर्ष ३० का आकाश गिरी र । घोराही ३ भानपुर बस्ने वर्ष ४७ का बसन्त अधिकारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएपी चक्र बहादुर शाहले जानकारी दिएका छन् ।
त्यसैगरी उच्च अदालत तुलसीपुरमा ढुङ्गामुढा, तोडफोड, आगजनी, लुटपाट तथा चोरी गरेको आरोपमा तुलसीपुर ७ राजापुर बस्ने वर्ष २६ का रुपेश नेपाली, सल्यान बागचौर नगरपालिका २ घर भई तुलसीपुर ९ बेलुवा बस्ने बर्ष १८ का सुनिल वली पक्राउ परेका छन् ।
त्यस्तै अस्थायी प्रहरी पोष्ट बसपार्क तुलसीपुर दाङमा ढुङ्गामुढा, तोडफोड, आगजनी, लुटपाट तथा चोरी गरेका आरोपमा तुलसीपुर ०५ बसपार्क बस्ने अन्दाजी वर्ष २० का करण सुनार, वर्ष १८ का मुकेश भण्डारी र तुलसीपुर ०६ शान्तिनगर टोल बस्ने अन्दाजी वर्ष १८ का ज्ञानेन्द्र गन्धर्वलाई पक्राउ गरिएको छ । उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।