Indrenionline.com

सर्वोच्चले ओली र लेखकलाई स्थानहद तोकेकोविरूद्धको रिटमा अन्तरिम आदेश दिएन

काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित पाँच जनालाई स्थानहद तोक्ने निर्णयविरूद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

शुक्रबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज यसअघि परेको रिट निवेदनमा प्रारम्भिक सुनुवाइपछि कारण देखाऊ जारी गर्दै सरकारसँग लिखित जवाफ माग गरेको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृह सचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई काठमाडौं उपत्यका छाड्न रोक लगाएको छ।