Indrenionline.com

आज कुकुर तिहार, लक्ष्मीपूजा पनि आजै

इन्द्रेणी संवावदाता
काठमाडौँ । आज तिहारको दोस्रो दिन कुकुर तिहार । एउटा वफादार जनावरको रुपमा रहेको कुकुरलाई आज माला लगाएर मिठोमिठो खानेकुरा दिएर पूजा गरिन्छ ।

कुकुर तिहारको अवसरमा नेपाल प्रहरीको काठमाडौँस्थित केनाइन कार्यालयमा कुकुरहरूको विशेष पूजा गरिएको छ। हिन्दु परम्पराअनुसार कात्तिक कृष्ण चतुर्दशीका दिन भैरवको वाहन मानिने कुकुरको पूजा गर्ने चलन छ । यसवर्ष आजकै दिन लक्ष्मीपूजा पनि परेको छ । आजकै दिन घरमा लक्ष्मीलाई भित्र्याइन्छ ।