कुसुम बि.क. / बर्दिया
समुदायलार्ई न्यायमा सहज पहुँच तथा समुदाय स्तरमा हुने विभिन्न किसिमका विवाद स्थानीय स्तरमै समाधान गर्नका लागि सामुदायिक मेलमिलाप कर्ताको क्षमता अभिबृद्धिका लागि आज देखि सुरु भएको छ बर्दिया गुलरियाको होटेल न्यू मिररमा सुरु भएको यो तालिम ४ दिन सम्म संंचालन हुने जानकारी साझेदारी विकास परियोजना अन्र्तगत सामुदायिक मेलमिलाप कार्यक्रम जिल्ला सयोजक गोबिन्द प्रसाद लामिछानेले जानकारी गराउनु भयो ।
तालिममा प्रशिक्षकको रुपमा कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र बर्दियाका जिल्ला संयोजक गोबिन्द प्रसाद लामिछाने, जिल्ला प्रशिक्षक दिना थापा र प्रेमलाल थारुले सहजिकरण गर्नु भएको छ । सामुदायिक मेलमिलाप केन्द्र खैरीचन्दनपुरका संयोजक मायाँ चौधरीका अनुसार बिभिन्न निकायमा गई समाधान हुन नसकेका विवादहरु समेत गरी मेलमिलापकेन्द्र मार्फत विवादहरुको सहज सहजिकरण गरिएको जसबाट समुदायका ब्यक्तिमा रहेका असमझदारी, आपसी मनमुटाव र द्धन्द न्ययुनिकरण भई ब्यक्तिहरुको समबन्धमा सुधार आई सामाजिक सदभाव तथा शान्ति र दिगो विकासमा मेलमिलाप कार्यक्रमले अहम भुमिका खेलेको छ । साथै यो एउटा जिवन उपयोगिहुनुका साथै अति महत्वपुर्ण रहेको र जसले समुदायलाई न्यायमा पुहँच पु¥याउन तथा साना तिना विवादहरु मेलमिलापकेन्द्र मार्फतबाटै समाधान गरि राज्यलाई समेत न्यायिक क्षेत्रमा कार्यबोझ कम हुन मदत हुनेकुरा जानकारी गराएका छन् ।